स्कूल बस खरिदका लागि शिक्षकले दिए एक महिनाको तलब
शनिबार, २७ माघ २०८०, २१ : २५
झापा । शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।
शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा बस खरिद गर्नका लागि अभियान सुरु गरेको थियो । अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाको रकम एकमुष्ट रु चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताए । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बस खरिद गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण