एसियन कपको उपाधि कतारलाई, फाइनल खेलमा जोर्डन ३–१ गोलअन्तरले पराजित
आइतबार, २८ माघ २०८०, ०७ : ०९
काठमाडौँ । एएफसी एसियन कपको उपाधि कतारले जितेको छ। गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो।
कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो। २२ औँ मिनेट, ७३ औँ मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौँ मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो।
तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे।जोर्डनका यजन अल नइमतले ६७ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए।
एसियन कपको आयोजक राष्ट्रसमेत रहेको कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनलाई हराएको थियो। अन्तिम १६ मा प्यालेस्टाइनविरुद्ध जित निकालेको कतारले क्वाटरफाइनलमा उज्बेकिस्तानलाई र सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण