अग्रता फराकिलो बनाउँदै बायर लेभरकसेन, बायर्न म्युनिखलाई ठुलो अन्तरले हरायो
काठमाडौँ । बायर लेभरकसेनले बुन्डेस लिगा फुटबलमा आफ्नो अग्रता फराकिलो बनाउँदै लगेको छ । बायर लेभरकसेनले शनिबार राति सम्पन्न आफ्नो पछिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी बायर्न म्युनिखमाथि ३–० गोकलो सजिलो जित हात पारेको हो ।
जितसँगै लिग लिडर बायर लेभरकसेनले तालिकाको दोस्रो स्थानमा आसीन बायर्न म्युनिखसँग पाँच अङ्कको स्पष्ट अग्रता हासिल गरेको छ । खेलको प्रारम्भदेखि नै बायर लेभरकसेनले बायर्न म्युनिखलाई दबाबमा राखेका थियो ।
खेल सुरु भएको १८औँ मिनेटमै बायर लेभरकसेनका लागि जोसिप स्टानिसिकले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बायर लेभरकसेन अगाडि रह्यो । खेलको दोस्रो हाफमा पनि बायर लेभरकसेनले दुई गोल थपेको थियो ।
निर्धारित समयको ५०औँ मिनेटमा लेभरकसेनका लागि एलेक्स ग्रिमाल्डोले दोस्रो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा बायर लेभरकसेनका लागि जेरेमी फ्रिमपोङले तेस्रो गोल थपेका थिए ।
हालसम्म २१ खेल खेलेको बायर लेभरकसेन ५५ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । समान खेल खेलेको बायर्न म्युनिख भने ५० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण