हिमालयन रिइन्स्योरेन्सका शेयरधनी मालामाल, कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्दै
काठमाडौँ । हालैमात्र आईपीओ जारी गरेको हिमालयन रिइन्योरेन्सले लगत्तै हकप्रद (राइट शेयर) पनि जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन पुनरबीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएसँगै कम्पनीले थप पुँजी वृद्धिका लागि राइट शेयर जारी गर्ने भएको हो ।
हाल हिमालयन रिइन्योरेन्सको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले यस चुक्ता पुँजीको १० ः ८ अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत राइट सेयर जारी गर्ने भएको हो ।
यसो गर्दा कम्पनीले निकट भविष्यमा नै ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको राइट सेयर जारी गर्नेछ । उक्त प्रस्ताव कम्पनीको आगामी तेस्रो वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात राइट सेयर निष्कासन गरिनेछ ।
नेपाल बीमा प्राधिकरणले २०८० माघ १७ गते बैठक बस्दै पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने निर्देशन गरेको थियो । योसँगै पुनर्बीमा कम्पनीहरुमाथि चुक्ता वृद्धिको दबाब परेको हो ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन रिइन्स्योरेन्सले माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसो गर्दा कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ थपिनेछ । थप राइट सेयरबाट ८ अर्ब ३२ करोड रुपैयाँ थपिएसँगै कम्पनीको कुल चुक्ता पुँजी १९ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण