वर्षको उत्कृष्ट प्रशिक्षक बने एथलेटिक्सका चन्द्र गुरुङ
काठमाडौँ । एथलेटिक्स चन्द्र गुरुङ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले दीपक महर्जन (बक्सिङ) र (३) जगत टमटा (क्रिकेट) लाई पछि पार्दै उपाधि हात पारेका हुन् ।
विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ ।
एथलेटिक्सका चन्द्र गुरुङले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित ऐतिहासिक पदक दिलाएका थिए । उनले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक चुमाएका थिए । उनले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल एक स्वर्ण र दुई कांस्य जिताएका थिए ।
उता बक्सिङका दीपक महर्जनले एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक दिलाएका थिए । उनको प्रशिक्षकत्वमा च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल भएकी थिइन् भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य हात पारेका थिए ।
यस्तै क्रिकेटका जगत टमाटाले नेपाललाई आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आठ वर्षपछि छनोट गराएका थिए । यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पुग्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण