वर्षको उत्कृष्ट पुरुष खेलाडी बने एथलेटिक्सका दीपक अधिकारी
काठमाडौँ । एथलेटिक्सका दीपक अधिकारी वर्षको उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले आसिफ शेख(क्रिकेट) र रोहितकुमार पौडेल (क्रिकेट) लाई पछि पार्दै उपाधि हात पारेका हुन् ।
विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ ।
एथलेटिक्सका दीपक अधिकारी एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण तथा घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक विजेता खेलाडी हुन् । उनले १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण र सोही प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेका थिए ।
उनले नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । उनले दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण पदक जितेका थिए । उनले कान्तिपुर हाफ म्याराथनमा रजत पदक पनि हात पारेका थिए ।
यस्तै क्रिकेटका आसिफ शेख २०७९ सालमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल एक हजार ९३ रन बनाउन सफल खेलाडी हुन् । उनले विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध एक सय १० रन बनाएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सातवटा अर्धशतक बनाउन सफल खेलाडी पनि हुन् ।
यस्तै क्रिकेटका रोहितकुमार पौडेल नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने टोलीका कप्तान हुन् । उनले २०७९ सालमा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै चार अर्धशतकसहित ६ सय ७९ रन बनाएका थिए । उनले आयरल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण