पाकिस्तानमा राजनीतिक दलहरूबिच झडप : ३ जनाको मृत्यु, ७ घाइते
इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबिच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन्।
पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र ग्रान्ड डेमोक्रेटिक एलायन्स (जीडीए) का कार्यकर्ताहरूबिच लारकाना जिल्लामा सशस्त्र झडप भएको आधिकारिक स्रोतले सिन्ह्वालाई बताएको छ ।
प्रतिद्वन्द्वीबीचको चर्को बहसले उग्ररूप लिँदा गोली हानाहान भएको र दुवै पक्षका कार्यकर्ताका साथै उनीहरूको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको थियो ।
स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षकसहित तीन जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।
प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारी तितरबितर भएको र स्थिति नियन्त्रणमा आएको स्रोतले जनाएको छ ।
साथै एक जना प्रहरी अधिकारीसहित घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण