आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा राजनीतिक दलहरूबिच झडप : ३ जनाको मृत्यु, ७ घाइते

आइतबार, २८ माघ २०८०, २१ : २४
आइतबार, २८ माघ २०८०

इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबिच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन्।

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र ग्रान्ड डेमोक्रेटिक एलायन्स (जीडीए) का कार्यकर्ताहरूबिच लारकाना जिल्लामा सशस्त्र झडप भएको आधिकारिक स्रोतले सिन्ह्वालाई बताएको छ ।

प्रतिद्वन्द्वीबीचको चर्को बहसले उग्ररूप लिँदा गोली हानाहान भएको र दुवै पक्षका कार्यकर्ताका साथै उनीहरूको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षकसहित तीन जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।

प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारी तितरबितर भएको र स्थिति नियन्त्रणमा आएको स्रोतले जनाएको छ ।

साथै एक जना प्रहरी अधिकारीसहित घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ  । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको  प्रहरीले जनाएको छ । -(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप