ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट
काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको चौथो विकेट लिएको छ । नेपाली बलर ललित राजवंशीले क्यानडाको चौथो विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे ।
ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७ औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको छ । शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
यही खेलमार्फत नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका छन् । उनी पहिलो पटक सिनियर टोलीबाट मैदानमा ओर्लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण