शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिराहाबाट पेस्तोलसहित युवक पक्राउ

सोमबार, २९ माघ २०८०, ११ : २४
सोमबार, २९ माघ २०८०

सिराहा। प्रहरीले सिराहाबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव छन् ।

उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रबिन्द्रराज पाण्डेले रातोपाटीलाई बताए ।

सिराहा नगरपालिका– ७ स्थित सल्हेश मन्दिर नजिकै २२ वर्षीय सञ्जीतकुमार यादव र उनकी बहिनी सञ्जीता यादव बस्ने डेरामा गएर सरोजले विवाद गरेका थिए । विवादपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

विवादमा संलग्न सरोजकुमार यादवलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पेस्तोल फेला परेको डीएसपी पाण्डेले जानकारी दिए । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप