सिराहाबाट पेस्तोलसहित युवक पक्राउ
सोमबार, २९ माघ २०८०, ११ : २४
सिराहा। प्रहरीले सिराहाबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव छन् ।
उनको साथबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रबिन्द्रराज पाण्डेले रातोपाटीलाई बताए ।
सिराहा नगरपालिका– ७ स्थित सल्हेश मन्दिर नजिकै २२ वर्षीय सञ्जीतकुमार यादव र उनकी बहिनी सञ्जीता यादव बस्ने डेरामा गएर सरोजले विवाद गरेका थिए । विवादपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
विवादमा संलग्न सरोजकुमार यादवलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पेस्तोल फेला परेको डीएसपी पाण्डेले जानकारी दिए । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण