सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा समिति बैठक

संसदीय समिति बैठकमा शिक्षामन्त्रीलाई बोलाउँदा  राज्यमन्त्री उपस्थित भएपछि...

सोमबार, २९ माघ २०८०, १३ : १३
सोमबार, २९ माघ २०८०

काठमाडौँ । सोमबार बिहान ११ बजेका लागि संसद्को शिक्षा समितिको बैठक बोलाइयो। संसद् सचिवालयले सोही आधारमा समिति सदस्यहरूलाई जानकारी गराएको थियो। 

आजको बैठकमा पछिल्लो समय चर्चामा रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको विषय थियो। जसले गर्दा सांसदहरू समयमै समिति बैठकमा उपस्थित भए। र समिति बैठकमा शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति अशोककुमार राईले जवाफ दिने कार्यक्रम थियो। त्यही भएर समिति सदस्यहरूले उपकुलपति छनोटका विषयमा उठेका प्रश्नहरूको जवाफ पाउने अपेक्षा समेत राखेका थिए। 

तर, समितिको बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भइन्। साथमा शिक्षा सचिव सुरेश अधिकारी समेत उपस्थित भए । 

जवाफ शिक्षामन्त्रीले दिनुपर्ने तर, राज्यमन्त्री आएपछि समिति सदस्यहरू आक्रोशित बने। उनीहरूले विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीले जवाफ दिनुपर्नेमा शिक्षामन्त्री समेत आएर जवाफ दिँदा मान्य हुने तर, राज्यमन्त्री आएर जवाफ दिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।

उपकुलपति छनोटको विषयमा भइरहेको प्रगतिबारे उनले सामान्य जवाफ दिइन्। उनले आफू राष्ट्रियसभाको बैठकमा जानुपर्ने भन्दै थप जवाफ शिक्षा सचिवले दिने बताइन् । त्यसपछि समिति सदस्यहरू आक्रोशित बनेका थिए। 

समिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिमा कुलपति तथा सहकुलपतिले जवाफ दिनुपर्ने अडान राखेकी थिइन् ।

उपकुलपति छनोटका विषयमा उठेका प्रश्नको जवाफ शिक्षा सचिव अधिकारीले दिएपछि सदस्य श्रेष्ठले शिक्षा सचिवले जवाफ दिन नमिल्ने बताए । त्यसपछि समिति सभापति भानुभक्त जोशीले सदस्य श्रेष्ठलाई बुझाउने प्रयास गरे। सभापति जोशीले भने, ‘मान्य सुमना श्रेष्ठज्यु, शिक्षा सचिव उपकुलपति छनोट समितिको सदस्य हुनुहुन्छ , उहाँले जवाफ दिन मिल्छ। शिक्षामन्त्री बाहिर जानुभएकाले उहाँले जवाफ दिनु भएको हो।’

 

सदस्य श्रेष्ठ त्यतिकैमा रोकिइनन् । उनले शिक्षा सचिव लक्षित गरेर भनिन, ‘तपाईँले अन्यथा नलिनुहोला। आज हामीले उठाएका विषयको जवाफ शिक्षामन्त्रीले दिनुपर्छ। तपाईँले सक्नुहुन्न।’ समिति सदस्य विद्या भट्टराईले सिफारिस समितिले कुन आधारमा विभिन्न आरोप लागेका व्यक्ति कसरी छनौट लिस्टमा परेको भन्दै प्रश्न गरिन्। 

त्यस्तै डा.तोसिमा कार्कीले बौद्धिक चाेरी आरोप लागेको व्यक्तिलाई बौद्धिक चोरीमा कति अङ्क दिइयो भन्दै प्रश्न गरिन्।  अख्तियारले मुद्दा चलाएको व्यक्ति, सूचना लुकाएको आरोपमा जरिवाना गरिएका व्यक्तिलाई समितिले कति अङ्क दिएको भन्दै प्रश्न गरिन्। 

गलत व्यक्तिहरू छनोटमा पर्छन् भने कसरी मेरिटोक्रेसीको आधारमा नियुक्ति हुन लागेको भन्दै विश्वस्त हुने भन्दै प्रश्न गरिन्। शिक्षा क्षेत्र खेलबाड गर्न नहुने उनको भनाई छ। 

त्यस्तै बद्री पाण्डेले सिफारिस समिति गलत बाटोमा गएको बताए। गलत अंकभारका आधारमा समितिअघि बढिरहेका भन्दै उनले सिफारिस समितिको कार्यप्रति प्रश्न उठाएका हुन्।  डा.कालुराम राइले उपकुलपतिको कार्यकाल नसकिँदै उपकुलपति छनोट समिति हुनुपर्ने बताए। अहिले सर्टलिष्टमा परेमा १४ जनाहरू नै सर्वत्र स्वीकार गर्न नसक्ने व्यक्तिहरू भएको बताए। अहिलेको समितिले योग्य व्यक्ति छनोट गर्न नसक्ने बताए। 

समिति सदस्य ईश्वरी घर्तीले हालकै निमित्त भिसीलाई नै भिसी बनाउनको भइरहेको प्रपञ्च भएको बताइन्। प्रधानमन्त्रीको राजनीतिक भागबन्डा नगर्ने, त्रिविलाई राजनीति मुक्त गर्ने भाषण अब नगर्दा हुने बताइन्।  हालका निमित्त भिसीले गरिरहेको नियुक्ति तत्काल खारेज गर्नुपर्ने उनले बताइन्। उनले हालको भिसी नियुक्तिको सबै प्रक्रिया खारेज गर्न समेत माग गरिन्।

डा.चन्द्र भण्डारीले अहिलेको भिसी नियुक्तिको प्रक्रिया इतिहासमै पहिलो पटक भइरहेको बताए। भिसी नियुक्तिको विषय खुला प्रतिस्पर्धाबाट हुन गइरहेको त्रिविको इतिहासमा पहिलोपटक हुन लागेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप