शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

राजीनामा दिने विचार गरिरहेका छन् मोहम्मद युनुस ?

शुक्रबार, ०९ जेठ २०८२, ११ : ४९
शुक्रबार, ०९ जेठ २०८२

ढाका । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजीनामा दिने सोचमा छन् । यस विषयमा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई जमुनास्थित उनको निवासमा भेटेका थिए । 

नाहिद इस्लामले बीबीसी बंगलालाई भनिन्, ‘देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ । त्यसैले म उहाँलाई भेट्न गएँ । यस भेटघाटको क्रममा प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो ।’ 

यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । अर्काेतर्फ, राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब दिइरहेका छन् । 

पूर्व प्रधानमन्त्री खालिदा जियाको बीएनपी पार्टीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारहरूलाई हटाउन माग गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप