उपकुलपतिका लागि आवेदन दिएकाहरू विरुद्ध कुनै उजुरी परेको छैन : शिक्षा राज्यमन्त्री

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उम्मेदवार दिएकाहरू विरूद्ध कुनै पनि उजुरी नपरेको पाइएको छ। संसद्को शिक्षा समितिमा बोल्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आवेदनकर्ताका विरुद्धमा कुनै पनि उजुरी नपरेको बताइन्।
अहिले आवेदनकर्ताहरूका विरुद्धमा विभिन्न खालका विवादहरू आइरहेको सन्दर्भमा राज्यमन्त्री कुमारीले उनीहरूका विरुद्धमा कुनै पनि उजुरी नपरेपछि सर्टलिष्टमा परेको बताइन्।
‘उहाँहरूले आवेदन दिनुभयो। आवेदन दिएपछि उहाँहरूका विरुद्धमा कुनै पनि उजुरी परेन । त्यसपछि समितिले सर्टलिष्टमा छनोटमा पर्नुभयो’ राज्यमन्त्री प्रमिलाले भनिन्। सर्टलिष्टमा परेका तीर्थ खनियामाथि बौद्धिक चोरीको आरोप लागेको थियो। उनले समेत उपकुलपतिको लागि आवेदन दिएका थिए।
त्यस्तै हालका उपकुलपति प्राडा शिवलाल भुसाल समेत उपकुलपतिको लागि सर्टलिष्टमा परेका छन्। उनीमाथि सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले ५ हजार रुपैयाँ जरिवाना गरेको थियो। समिति सदस्यहरूले उनी सर्ट लिस्टमा परेको विषयमा समेत प्रश्न गरेका थिए।
मेरिटको आधारमा उपकुलपति छनोट गर्न लागिएको दाबी गरेको भन्दै विभिन्न आरोप लागेको व्यक्तिले कसरी आवेदन पाउने मौका पाएको भन्दै उनीहरूले प्रश्न उठाएका थिए।
जवाफमा राज्यमन्त्री प्रमिलाले आरोप लागेपछि पनि उनीहरूले सोहि पदमा रहेर काम गरिरहेको बताइन्। ‘आरोप लागेका व्यक्तिहरूले त्यो बेला आफ्नो पदमा बसेर काम गरिराख्नुभएको थियो। अहिले समितिमा आवेदन दिएपछि उनीहरूका विरुद्ध उजुरी समेत परेन राज्यले भनिन्।
यतिबेला त्रिविको उपकुलपति छनोटको प्रक्रिया अगाडि बढिरहेको छ। त्यसका लागि ४३ जनाले आवेदन दिएका छन्। आवेदन दिएकाहरूमध्ये १ जनाको आवेदन रद्द गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्षअघि च्याम्पियन्स लिगको मस्कटसँगै उदाएकी विलियम्सनसँग जुरेको यो संयोग
-
राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी
-
खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)
-
नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्
-
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
-
संवैधानिक निकाय पदाधिकारीविहीन, कहाँ कहाँ छन् रिक्त ?