रजनीकान्तको लाल सलाममाथि रवि तेजाको ईगल भारी
चेन्नई । दक्षिण भारतमा रिलिज भएको रजनीकान्तको शीर्ष भूमिका रहेको लाल सलाम विकेन्डसम्म आइपुग्दा पनि डबल डिजिटमा पुग्न सकेन । ओपनिङ डेमा ३ करोड ५५ लाख भारु कमाएको फिल्मले दोस्रो दिन र तेस्रो दिन पनि ३ करोड २५ लाख भारु र ३ करोड भारु मात्रै कमाउन सक्यो । तीन दिनमा फिल्मको कूल कलेक्शन ९ करोड ७९ लाख भारु भएको छ ।
यो फिल्म रजनीकान्तकी छोरी ऐश्वर्यले निर्देशन गरेकी थिइन् । ऐश्वर्या ९ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । रवि तेजाको ईगलले बक्स अफिस कलेक्शनमा लाल सलामलाई पछाडि पारेको छ । फिल्मले तीन दिनमा करीब १६ करोड भारुको व्यापार गर्यो । बक्स अफिसमा रजनीकान्तको लाल सलाममाथि रविको इगल हाबी भएको छ ।
शाहिद कपूर र कृति सेननको फिल्म तेरी बातो में ऐसा उलझा जियाले पहिलो सप्ताहन्तमा २६ करोड ८५ लाख भारुको व्यापार गर्यो । पहिलो र दोस्रो दिन ६ करोड ७० लाख र ९ करोड ६५ लाख भारु कमाएको यो फिल्मले आइतबार तेस्रो दिनमा १० करोड ५० लाख भारु कलेक्शन गर्यो । यो पहिलो सप्ताहन्तमा सबैभन्दा धेरै कमाउने शाहिदको सातौं फिल्म बनेको छ । वल्र्डवाइड कलेक्शनमा फिल्मले ३२ करोड कमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण