सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

क्यानडाविरुद्ध अनिलपछि भीम सार्कीले पनि बनाए अर्धशतक

सोमबार, २९ माघ २०८०, १५ : ११
सोमबार, २९ माघ २०८०

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।

२२ वर्षीय भीम ७८ बलको सामना गरी पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा छन् । उनले ३१औँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । भीमले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो चौथो अर्धशतक हो । उनले हाल २१ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् । 

त्यसअघि ओपनर ब्याट्सम्यान अनिल शाहले पनि अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।  क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतक बनाएका थिए । उक्त खेलमा २५ वर्षीय अनिलले ५० रन बनाएका थिए । 

अनिलले केवल २० बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काएका थिए । त्यो खेलमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचेका थिए । उनले आफ्नो खेलजीवनको छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप