क्यानडाविरुद्ध अनिलपछि भीम सार्कीले पनि बनाए अर्धशतक
काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।
२२ वर्षीय भीम ७८ बलको सामना गरी पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा छन् । उनले ३१औँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । भीमले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो चौथो अर्धशतक हो । उनले हाल २१ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् ।
त्यसअघि ओपनर ब्याट्सम्यान अनिल शाहले पनि अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतक बनाएका थिए । उक्त खेलमा २५ वर्षीय अनिलले ५० रन बनाएका थिए ।
अनिलले केवल २० बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काएका थिए । त्यो खेलमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचेका थिए । उनले आफ्नो खेलजीवनको छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण