उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार रातोपाटीकर्मी केसीलाई
सोमबार, २९ माघ २०८०, १९ : ५४

काठमाडौँ । रातोपाटीकर्मी तेजेन्द्र केसीलाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देही बचत तथा ऋण सहकारी संघ र नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट सहकारी पुरस्कार यस वर्ष रातोपाटीकर्मी तेजेन्द्र केसीलाई प्रदान गरिएको हो ।
सोमबार रुपन्देही बचत तथा ऋण सहकारी संघको १८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक केसीलाई कार्यक्रमका प्रमुख अतिथि सन्तोष पाण्डेयले नगद १० हजारसहित सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघले बनाएको मुल्यांकलन समितिको आधारमा प्रत्येक वर्ष एक जना पत्रकारलाई सहकारी पुरस्कार प्रदान गर्ने गरिएको छ । केसी बुटवलमा एक दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?