उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार रातोपाटीकर्मी केसीलाई
सोमबार, २९ माघ २०८०, १९ : ५४
काठमाडौँ । रातोपाटीकर्मी तेजेन्द्र केसीलाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देही बचत तथा ऋण सहकारी संघ र नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट सहकारी पुरस्कार यस वर्ष रातोपाटीकर्मी तेजेन्द्र केसीलाई प्रदान गरिएको हो ।
सोमबार रुपन्देही बचत तथा ऋण सहकारी संघको १८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक केसीलाई कार्यक्रमका प्रमुख अतिथि सन्तोष पाण्डेयले नगद १० हजारसहित सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघले बनाएको मुल्यांकलन समितिको आधारमा प्रत्येक वर्ष एक जना पत्रकारलाई सहकारी पुरस्कार प्रदान गर्ने गरिएको छ । केसी बुटवलमा एक दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण