त्रिभुवन विश्वविद्यालय सुधार सहित रूपान्तरण आन्दोलनको ४८ दिन पूरा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारसहित रूपान्तर अभियान आन्दोलनको ४८ दिन पूरा भएको छ । त्रिवि स्ववियुले त्रिवि सुधारकाे मागसहित आन्दोलन गर्दै आएको छ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा भइरहेको चरम ढिलासुस्ती, शैक्षिक क्यालेण्डर कार्यान्वयन, सेवा विकेन्द्रीकरण, प्रविधिमैत्री प.नि.का. साथै समग्र विश्वविद्यालयमा हुने दलीय राजनैतिक भागबण्डाको अन्त्य लगायत विश्वविद्यालयको सिस्टम सुधारका विभिन्न मागहरू राखी स्ववियुले आन्दोलन गर्दै आएको छ।
‘सहमति होइन कार्यान्वयनका लागि’ सुरु गरेको यो विश्वविद्यालय सुधारको महाअभियानको क्रममा परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने प्रमाण–पत्रका लागि अनलाइनमार्फत आवेदन दिन पाउने भनी सञ्चालनमा ल्याएको turesult.com अनलाइन सिस्टम नै ह्याक भए पश्चात १३ दिन वित्तिसक्दासम्म पनि बनाउन नसकेकाे स्ववियु सभापति श्यामराज ओझाले बताए।
उक्त घटनाबारे विश्वविद्यालयले कुनैपनि आधिकारिक वक्तव्य जारी नगर्नु, विश्वविद्यालयले आफ्नै आइटी कन्ट्रोल रूम बनाउनुको साटो कुनै निजी कम्पनीलाई ठेक्का दिनु, उपकुलपति, रेक्टर, रजिष्ट्रार, परीक्षा नियन्त्रकले एक–अर्कालाई दोषारोपण गरीबस्नु गैरजिम्मेवारीपन रहेको उनको भनाइ छ।
सबैलाई एकैठाउँमा राखेर छलफल गर्न खोज्दा बहानाबाजी गर्दै पन्छिनु, पदाधिकारीहरूबाट गैरजिम्मेवारपुर्ण अभिव्यक्ति आउनु समग्र विश्वविद्यालय र आम विद्यार्थीका लागि दुर्भाग्यको कुरा रहेको उनको भनाइ छ।
‘कि काम गर्नु, होइन भने विश्वविद्यालय छोडेर जानु’ भन्ने मूल सुझावलाई उचित ठान्दै देशैभरीका स्ववियु, विभिन्न संघ संगठनहरूले गरेको समर्थनलाई बेवास्ता गरेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण