नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेसन, यु.पी. भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेका अनुसार शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएको छ ।
उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर अन्तर्गतको सजाय हुने गरि विशेषमा मुद्दा दायर गरेको जानकारी घिमिरेले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण