बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध मुद्दा दायर

मङ्गलबार, ०१ फागुन २०८०, १५ : ३१
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेसन, यु.पी. भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेका अनुसार शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएको छ । 

उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर अन्तर्गतको सजाय हुने गरि विशेषमा मुद्दा दायर गरेको जानकारी घिमिरेले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप