समाचार
पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
मङ्गलबार, ०१ फागुन २०८०, १८ : २८

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले दुर्घटना ८ जनाको मृत्यु भएको रातोपाटीलाई बताए ।
प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको उनले बताए । मृतक र घाइतेको पहिचान नखुलेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?