अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीको अर्थमन्त्री महतलाई पत्र
काठमाडौँ । चलचित्रकर्मीले चलचित्र क्षेत्रमा लगाइएको अव्यवहारिक कर हटाउनुपर्ने मागसहितको एक ज्ञापनपत्र चलचित्रकर्मीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई बुझाएका छन् । मंगलबार कलाकर्मीको एक जम्बो टोली अर्थ मन्त्रालय सिंहदरबार पुगेर मन्त्री महतलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा चलचित्र विकाश शुल्क, स्थानीय कर लगायत चलचित्रकर्मी माथि लगाइएको दोहोरो तथा अव्यवहारिक कर हटाउनुपर्ने लगायत विभिन्न बुँदा समेटिएको टोलीमा सहभागी चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थाले बताए । पत्र बुझ्दै मन्त्री महतले चलचित्रकर्मीको माग प्रति आफू सकारात्मक रहेको र आफूले सक्दो सहयोग गर्ने बचन समेत दिएको कायस्थाको भनाई छ ।
टोलीमा कलाकार दीपकराज गिरी, अशोक शर्मा, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, नरेन्द्र महर्जन, रबिन्द्र सिंह बाँनिया, नक्किम उदिन लगायत दर्जनबढी कलाकर्मीको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण