नेटफ्लिक्समा ‘एनिमल’ले राख्यो रेकर्ड
मुम्बई । टलिउड निर्देशक सन्दीप रेड्डी भांगाको पछिल्लो पेन–इन्डिया फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियताको बहाव बढाइरहेको छ । केही विवादका बाबजुद पनि फिल्मले व्यावसायिक र अनलाइन स्ट्रिमिङमा राम्रो सफलता पाएको छ । फिल्मले अब भने डिजिटल प्लेटफर्ममा सफलताको झण्डा गाड्न सुरु गरेको छ ।
डिजिटल प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले सर्वाधिक दर्शकको रेकर्ड राखेको छ । यसले गैर–अंग्रेजी फिल्म वर्गमा लगातार दुई हप्तासम्म प्लेटफर्मको ग्लोबल चार्टमा आफ्नो स्थान बनाएको छ । फिल्मको सफलतालाई फिल्म विश्लेषकहरूले महत्त्वपूर्ण उपलब्धि र दर्शकमाझ लोकप्रियताको प्रमाणका रूपमा विश्लेषण गरेका छन् ।
नेटफ्लिक्समा यसको सफलताको अतिरिक्त, डिलक्स संस्करणको रूपमा जारी गरिएको ‘एनिमल’को साउण्ड ट्रयाकले पनि नयाँ रेकर्ड कायम गरेको छ ।
स्पोटीफाईमा सबैभन्दा छिटो ५ सय मिलियन बढी स्ट्रिम जम्मा गर्ने भारतीय एल्बमको रेकर्ड राखेको छ । फिल्ममा रणवीर कपूर, अनिल कपूर, बबी देवल, तृप्ति डिम्री, रश्मिका मन्दाना लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण