इरानद्वारा जहाजमा आधारित लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण
तेहरान । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।
नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार सात सय किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो । “आइआरजिसीले पहिलो पटक ओमानको खाडीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ”, सरकारी टेलिभिजनले भनेको छ ।
आइआरजिसी प्रमुख होसेन सलामीले भने, “युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइलको प्रक्षेपण सफलतापूर्वक गरिएको छ ।”
अलगरूपमा सरकारी टेलिभिजनको रिपोर्टअनुसार मध्य इरानमा आइआरजिसीले तेलअविवको दक्षिणमा इजराइलको पाल्माचिम एयरबेसमा सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल आक्रमणको अनुकरण गरेको छ । रिपोर्टमा पाल्माचिम इजराइलमा ‘एफ–३५ लडाकू विमानको मुख्य आधार’ रहेको बताइएको छ ।
अक्टोबर ७ मा इजराइल–हमास युद्ध बढेपछि इरानी सैन्य अभ्यास बढ्दो क्षेत्रीय तनावको समयमा भइरहेको छ । इस्लामिक गणतन्त्र इरानले इजराइललाई मान्यता दिँदैन र लामो समयदेखि इजराइलविरुद्ध हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेको छ ।
तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । पश्चिमी सरकारहरूले इरानको मिसाइल कार्यक्रमलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण