सात जना फरार प्रतिवादी रौतहट प्रहरीको नियन्त्रणमा
रौतहट । विभिन्न मुद्दामा अदालत बाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका ७ जना फरार प्रतिवादी लाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा दण्ड जरिबाना समेत रोकिएर फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा साबिक रमौली गाविस वडा ६ का रामचन्द्र बैठा, लक्ष्मी बैठा, रामाप्रवेश बैठा रहेका छन्। उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन।
त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन्। उनीहरूलाई सम्बन्ध विच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै गाली बेईजती मुद्दामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। पक्राउ परेका सातैजनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण