प्रेमको नाटक गर्नेलाई गायिका समीक्षा अधिकारीले दिइन् शुभकामना
बुधबार, ०२ फागुन २०८०, २२ : ००

काठमाडौँ । आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् ।
गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा शुभ–कामना पोस्ट गर्दै प्रेमको नाटक गरेर अर्कोको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै–धेरै शुभ–कामना भनेकी छन् ।
उनले लेखेकी छन्– ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा सफा इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश