आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी नौसैनिक जहाज डुबाएको युक्रेनको दाबी

बुधबार, ०२ फागुन २०८०, १६ : २७
बुधबार, ०२ फागुन २०८०

कीएभ । युक्रेनले क्राइमिया नजिकै रुसी नौसेनाको जहाज डुबाएको दाबी गरेको छ । युक्रेनी सेनाले उक्त जहाज रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपको जलक्षेत्रमा रहेको बताएको छ ।

युक्रेनी सेनाले सामाजिक सञ्जालमा जानकारी दिँदै रुसी नौसेनाको ब्ल्याक सी फ्लीटको जहाज सिजर कुनिकोफ आक्रमणको समयमा रिसोर्ट टाउन अल्पुका नजिकै रहेको बताएको छ । यो ठूलो अवतरण जहाज हो जुन ड्रोन आक्रमणमा डुबेको दाबी गरिएको छ।

युक्रेनी सेनाले आक्रमणपछि जहाज डुब्न थालेको र उद्धार तथा खोजी कार्य असफल भएको पनि बताएको छ । युक्रेनी सेनाले जहाजमा समुद्री ड्रोन आक्रमणको भिडियो पनि जारी गरेको छ।

रुसले यस हमलाको बारेमा अहिलेसम्म प्रत्यक्ष प्रतिक्रिया दिएको छैन। रुसी सेनाले ब्ल्याक सीमा ६ ड्रोन खसालेको र रुसी भूमिमा तीन ड्रोन खसालेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप