रुसी नौसैनिक जहाज डुबाएको युक्रेनको दाबी
बुधबार, ०२ फागुन २०८०, १६ : २७
कीएभ । युक्रेनले क्राइमिया नजिकै रुसी नौसेनाको जहाज डुबाएको दाबी गरेको छ । युक्रेनी सेनाले उक्त जहाज रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपको जलक्षेत्रमा रहेको बताएको छ ।
युक्रेनी सेनाले सामाजिक सञ्जालमा जानकारी दिँदै रुसी नौसेनाको ब्ल्याक सी फ्लीटको जहाज सिजर कुनिकोफ आक्रमणको समयमा रिसोर्ट टाउन अल्पुका नजिकै रहेको बताएको छ । यो ठूलो अवतरण जहाज हो जुन ड्रोन आक्रमणमा डुबेको दाबी गरिएको छ।
युक्रेनी सेनाले आक्रमणपछि जहाज डुब्न थालेको र उद्धार तथा खोजी कार्य असफल भएको पनि बताएको छ । युक्रेनी सेनाले जहाजमा समुद्री ड्रोन आक्रमणको भिडियो पनि जारी गरेको छ।
रुसले यस हमलाको बारेमा अहिलेसम्म प्रत्यक्ष प्रतिक्रिया दिएको छैन। रुसी सेनाले ब्ल्याक सीमा ६ ड्रोन खसालेको र रुसी भूमिमा तीन ड्रोन खसालेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण