माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४ महिला रहेका छन् । ३९ हजार ४२ जनाले भने श्रम स्वीकृति मात्रै लिएका छन् । भने २३ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
माघ महिनामा जी टु जी मार्फत (सरकार–सरकारबिच सम्झौता भई) १ हजार ४९४ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ६ हजार ७६२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।
३० हजार ७८६ जनाले म्यानपावर व्यवसायी (संस्थागत) मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका हुन् । माघ महिनामा विभिन्न ९९ देशमा जानका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को माघ महिनामा भने ६४ हजार २८४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । यसअघि अघिल्लो महिना पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका थिए ।
माघ महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि १२ हजार ३६६, कतारका लागि १२ हजार १६४, मलेसियाका लागि ६ हजार ७९५, कुवेत ३ हजार २५३ जनाले श्रम स्वीकृति (पुनः स्वीकृतिसहित) लिएका छन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म ७ महिनामा ४ लाख ५ हजार ५५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ