स्क्रिप्टका कारण अड्कियो अक्षय कुमारको ‘साइको’
मुम्बई । गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो ।
मनोवैज्ञानिक एक्सन थ्रिलर फिल्म ‘साइको’का लागि उनीहरू सहकार्य गर्ने अन्तिम तयारी भइरहेको थियो । गत जनवरीबाट फिल्म सुटिङमा जाने कुरा भए पनि अहिलेसम्म जान सकेको छैन । अब भने यो फिल्मलाई निर्माताले ‘होल्ड’मा राखेका छन् ।
समाचारअनुसार अक्षय, मोहित र रोहित स्क्रिप्टको ‘ट्रिटमेन्ट’लाई लिएर एकमत हुन सकेका छैनन् । मोहित र अक्षय फिल्म एक निश्चित शैलीमा बनोस् भन्ने चाहन्छन्, तर रोहित भने केही व्यावसायिक बनोस् भन्ने ठान्छन् । स्क्रिप्ट सन्तुलित बनाए पनि रोहित त्यसमा सहमत हुन सकेनन् । अन्ततः सहमति नहुँदा फिल्मको काम केही समयका लागि रोकियो ।
अक्षय र मोहित सन् २०१८ देखि नै टिम बनाएर काम गर्ने प्रयासमा छन् । तर पनि फिल्म निर्माणमा सहमति बन्न सकेको छैन ।
अक्षय अब साजिद नाडियाडवालाका लागि ‘हाउसफूल ५’ सुरु गर्दैछन् । यही बीचमा उनी केसी शंकरनको बायोपिक र ‘खेल खेल’को काम पनि सकाउने ध्याउन्नमा छन् । अक्षय र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा रिलिजको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण