कालिम्पोङमा पुगेर फाइट गर्दै पूजा
काठमाडौंँ । रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ युनिट यतिबेला भारतको कालिम्पोङमा छ । फिल्मको एक्सन दृश्यको छायाङ्कन गर्न अभिनेत्री पूजासहित युनिट त्यहाँ पुगेको हो । निर्माण पक्षले फिल्म छायांकनको केही तस्बिर समेत सार्वजनिक गरेको छ । जसमा पूजाले एक्सन गरिरहेको देख्न सकिन्छ ।
फिल्मको छायांकनका लागि अभिनेत्री पूजा शर्मा एकसाता अगाडि कालिम्पोङ पुगेकी हुन् । कालिम्पोङमा फिल्मको मुख्य अंशको छायांकन भैरहेको शर्माले जनाकारी दिइन् । फिल्मको केही अगाडि टिजर सार्वजनिक भएको थियो । प्रदर्शन मिति भने तय हुन बाँकी रहेको फिल्ममा पूजाको अलवा कुन्साङ बोमजोमले, करण श्रेष्ठ लगायतको मुख्य अभिनय छ ।

देव मगर र अनुप गडालको लगानी रहेको फिल्मको कार्यकारी निर्माता पवन रानामगर हुन् । फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् ।
श्री श्रेष्ठको एक्सन, हरिबहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण