शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आइतबार हुने

बिहीबार, ०३ फागुन २०८०, २१ : ०५
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो ।

उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुने समितिले जनाएको छ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

त्रिविको उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका थिए । जसमा १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका उनीहरूको माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्य सकिएपछि समितिले अन्तर्वार्ता लिन लागेको हो । अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । 

tu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप