शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बिहीबार, ०३ फागुन २०८०, २१ : १८
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । 

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकेको हो। आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

oil

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप