आफूलाई जिताउन धाँधली गरेको भन्दै जितेको उम्मेदवारले सिट छाडेपछि...
इस्लामावाद । पाकिस्तानमा गएको हप्ता भएको विवादास्पद निर्वाचनमा जितेका एक राजनेताले आफ्नो सिट छाड्ने घोषणा गरेका छन् ।
मतगणनाको समयमा आफूलाई जिताउने धाँधली गरिएको भन्दै जमियत–ए–इस्लामीका हाफिज नईम उर रहमानले सिट छाडेका हुन् । उनले प्रान्तीय विधानसभाको सीट नम्बर पीएस–१२९ बाट विजयी घोषित भएका थिए । यो सीट कराँची सहरमा पर्छ ।
तर यो हप्ता उनले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफको समर्थनमा चुनाव लडेका उम्मेदवारले आफूभन्दा बढी मत पाएको तर पछि उक्त उम्मेदवारको कुल मत घटेको दाबी गरे । यति मात्रै होइन हाफिज नईम उर रहमानले उक्त सिट छोड्ने नै घोषणा गरेका छन् । हाफिज नईम उर रहमानले सोमबार आफ्नो पार्टीको पत्रकार सम्मेलनमा भनेका थिए, ‘यदि कसैले हामीलाई गैरकानूनी रूपमा जिताउन चाहन्छ भने त्यो हामी स्वीकार गर्ने छैनौँ ।’
अब कसले पाउला सिट ?
“जनमतको कदर गर्नुपर्छ । जित्नेलाई जित्न दिनु पर्छ र पराजित उम्मेदवारलाई हार्न दिनु पर्छ । कसैले पनि धेरै पाउनु हुन्न,’ उनले भने । आफूले २६ हजारभन्दा बढी मत पाएको र स्वतन्त्र उम्मेदवार सैफ बारीले ३१ हजार मत प्राप्त गरेको हाफिज नईम उर रहमानले बताए । तर पछि पीटीआई समर्थित उम्मेदवार सैफ बारीले ११ हजार मात्रै भोट पाएको देखाइयो । पाकिस्तानको निर्वाचन आयोगले हाफिज नईम उर रहमानले लगाएको आरोपलाई अस्वीकार गरेको छ । सैफ बारीले सिट छाड्ने घोषणा गरेपछि पीएस–१२९ सिट कसको हातमा आउँछ भन्ने स्पष्ट छैन । तर यो घटनाले गत बिहीबार भएको पाकिस्तानको निर्वाचन निष्पक्षताका सम्बन्धमा उठेको शंकालाई फेरि एकपटक उजागर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण