विलियमसनको शतकमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
ह्यामिल्टन । केन विलियमसनको शानदार शतकको मद्दतले न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ७ विकेटले पराजित गरेको छ । २ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।
न्युजिल्याण्डलाई जीत दिलाउन विलियमसनले सर्वाधिक १ सय ३३ रनको योगदान दिए । उनले यसक्रममा १२ चौका र २ छक्का हिर्काए । उनलाई विल यङले नटआउट रहेर ६० रनको बनाए । टम ल्याथमले ३० तथा रचिन रवीन्द्रले २० रन बनाए । न्युजिल्याण्डका सबै विकेट डेन पेड्टले लिए ।
टेस्ट क्रिकेटमा विलियमसनको यो ३२ औँ शतक थियो । हाल सक्रिय क्रिकेटरमध्ये सर्वाधिक शतक बनाउनेमा उनले अस्ट्रेलियाका स्टिभ स्भिथको बराबरी गरेका छन् । उनीपछि इंग्ल्याण्डका जो रुटको ३० वटा शतक रहेको छ । दुई टेस्टको शृङ्खलामा ४ सय ३ रन बनाउँदै उनी प्लेयर अफ द सिरिज पनि चुनिए ।
यसअघि दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय ४२ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड २ सय ११ रनमा सीमिति बनेको थियो । दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा २ सय ३५ रन मात्र बनाउन सकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण