आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विलियमसनको शतकमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

शुक्रबार, ०४ फागुन २०८०, १४ : ३६
शुक्रबार, ०४ फागुन २०८०

ह्यामिल्टन । केन विलियमसनको शानदार शतकको मद्दतले न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ७ विकेटले पराजित गरेको छ । २ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।

न्युजिल्याण्डलाई जीत दिलाउन विलियमसनले सर्वाधिक १ सय ३३ रनको योगदान दिए । उनले यसक्रममा १२ चौका र २ छक्का हिर्काए । उनलाई विल यङले नटआउट रहेर ६० रनको बनाए । टम ल्याथमले ३० तथा रचिन रवीन्द्रले २० रन बनाए । न्युजिल्याण्डका सबै विकेट डेन पेड्टले लिए ।

टेस्ट क्रिकेटमा विलियमसनको यो ३२ औँ शतक थियो । हाल सक्रिय क्रिकेटरमध्ये सर्वाधिक शतक बनाउनेमा उनले अस्ट्रेलियाका स्टिभ स्भिथको बराबरी गरेका छन् । उनीपछि इंग्ल्याण्डका जो रुटको ३० वटा शतक रहेको छ ।  दुई टेस्टको शृङ्खलामा ४ सय ३ रन बनाउँदै उनी प्लेयर अफ द सिरिज पनि चुनिए ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय ४२ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड २  सय ११ रनमा सीमिति बनेको थियो । दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा २ सय ३५ रन मात्र बनाउन सकेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप