वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक रहेको बताएका छन् । राजनीतिक परिवर्तनपछिको मुलुकले आर्थिक विकासमा फड्को मार्नु पर्ने उनले बताए ।
शुक्रबार काभ्रेमा वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको बताए । उनले देशमा उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा रहेकाले सो क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता महसुस भएको उनले बताए ।
‘निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको छ । मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो,’ उनले भने ।
राष्ट्रपति पौडेलले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी युवालाई ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । बढ्दो सहरीकरणको प्रभावबाट छायामा परेको मौलिक वस्तुको उत्पादनलाई बढवा दिनुपर्ने उनले बताए ।
काभ्रेमा कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको भन्दै उनले रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण र प्रविधिको उपलब्धतामा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए । कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्थाका विषय राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण