आजको मौसम : एक दुई स्थानमा हिमपातको सम्भावना
शनिबार, ०५ फागुन २०८०, ०५ : ३८

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र ‘कोरिया रेलरोड कर्पाेरेशन’ प्रमुखबिच भेटवार्ता
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे
-
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी