तस्बिरमा हेर्नुहोस् काभ्रे कृषि महोत्सव
बनेपा । कृषि क्षेत्रको विकासका लागि काभ्रेमा कृषि महोत्सव आयोजना गरिएको छ । बनेपा–८ स्थित करुणा मार्गमा १५० वटा स्टलसहित वृहत् काभ्रे कृषि महोत्सव सञ्चालन भइरहेको छ । बजारमुखी एवम् निर्यात योग्य कृषि उत्पादन समृद्ध र समुन्नत काभ्रेको अभियान भन्ने नाराका साथ जिल्ला समन्वय समिति काभ्रेले महोत्सव आयोजना गरेको हो ।
_lOLIx9VfpO.jpg)
काभ्रेमा उत्पादित कृषि तथा पशुजन्य उपजहरूको प्रदर्शनी तथा बजारीकरण तथा कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरूको बारेमा जानकारी प्रदान गर्न महोत्सव आयोजना गरिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले जानकारी दिए । कृषि पेसामा लाग्नका लागि नागरिकहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत् कृषि महोत्सव’ आयोजना गरिएको मूल आयोजक समिति संयोजक समेत रहेका उनले बताए ।
_zCTdWNmORd.jpg)
महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, भर्मि कम्पोस्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरू प्रदर्शन तथा बिक्रीका लागि स्टल राखिएको छ । महोत्सवमा राखिएको स्टलमा बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायतका स्टल छन् ।
_8hrFZG8evj.jpg)
महोत्सवमा कृषिका लागि आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरूका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरूको बिक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।
_aBmph6Wnyk.jpg)
_0rvORQRAAj.jpg)
_ZmlGNL5vvV.jpg)
_IFdKwbWDgl.jpg)
_8FcgW9JfJs.jpg)
_YgxQfavR7y.jpg)
_H4hIzd3fEG.jpg)
_MmcgCk8EYZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा दुईभन्दा बढी हुन सक्छन् ‘वरिष्ठ’ नेता
-
इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै
-
नेपाल प्रिमियर लिगका ६ टोलीको टाइटल स्पोन्सरमा 'एक्सट्रिम इनर्जी ड्रिंक्स'
-
प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनका उपलब्धिलाई भन्यो– हात्तीको देखाउने दाँत मात्र
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण