काठमाडौँ–तराई द्रुतमार्गमार्फत यात्रा गर्न दस्तुर बुझाउनुपर्ने, कति लाग्छ ?
काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गको काम ३१ प्रतिशत सकिएको नेपाली सेनाले जानकारी दिएको छ । २०८३ सालको चैत भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि सोअनुसारको काम हुन नसकेको सेनाले स्वीकार गरेको छ । नेपाली सेनाका अनुसार हाल ३१ प्रतिशत मात्रै काम सम्पन्न भएपछि तोकिएको अवधि भित्रमा आयोजनाको काम सक्ने गरी काम भइरहेको छ ।
काठमाडौँको खोकनादेखि बाराको निजगढसम्म बन्ने यो द्रुतमार्गको लम्बाई ७१ किलोमिटर हुनेछ । आयोजनाको लम्बाई काठमाडौँमा ४.६ किलोमिटर, ललितपुरमा ९ किलोमिटर र मकवानपुरमा ४९.७० किलोमिटर दूरी हुनेछ । यस्तै, बारामा ७.६ किलोमिटर दूरी हुनेछ । यो द्रुतमार्गको निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यात्रा तय गर्नका लागि निश्चित रकम बुझाउनुपर्ने हुन्छ ।
यो आयोजना बनेपछि काठमाडौँदेखि तराईमा २ घण्टामा नै पुगिनेछ । यसको अर्थ, काठमाडौँदेखि बाराको निजगढ २ घण्टाभन्दा अगावै पुगिनेछ । तर, यो द्रुतमार्गमार्फत यात्रा गर्नका लागि सवारी साधनहरूले फरक–फरक भाडा (टोल) बुझाउनुपर्ने हुन्छ । नेपाली सेनाले हाल कायम गरेको टोल (भाडा दर) तीन प्रकारको छ ।

तीन द्रुतमार्गमा यात्रा गर्ने सवारीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै, निजगढदेखि खोकनासम्मको दूरीलाई समेत तीन श्रेणीमा वर्गीकरण गरिएको छ । द्रुतमार्गमार्फत निजगढदेखि हेटौँडासम्म यात्रा गर्न कार, साना बस र साना ट्रकले ३०० रुपैयाँ दस्तुर बुझाउनुपर्ने हुन्छ । यस्तै, सोही सवारी साधनले हेटौँडादेखि खोकनासम्मको यात्रा गर्न ६०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने निजगढदेखि खोकनासम्मको यात्राका लागि ९०० रुपैयाँ बुझाउनुपर्ने छ ।
यसैगरी, मध्यम स्तरका बस र ट्रकमार्फत निजगढदेखि हेटौँडाको यात्रा तय गर्न ६०० रुपैयाँ, हेटौँडादेखि खोकनाको यात्रा तय गर्न १३०० रुपैयाँ र निजगढदेखि खोकनासम्मको यात्रा तय गर्न १९०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यसबाहेक, ठुला बस र ट्रकमार्फत निजगढदेखि हेटौँडाको यात्रा तय गर्नका लागि ८०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यस्तै, हेटौँडादेखि खोकनाको यात्रा पार गर्नका लागि १८०० र निजगढदेखि खोकनासम्मको यात्रा पार गर्नका लागि २६०० रुपैयाँ बुझाउनुपर्ने सेनाले जनाएको छ ।
तर, यो रकम पेट्रोलियम पदार्थको मूल्यमा आधारित हुनेछ । द्रुतमार्गको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदाको समयमा पेट्रोलियम पदार्थको मूल्य घटेमा टोल (भाडा दर) पनि घट्नेछ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा मूल्य समेत बढ्ने नेपाली सेनाले जनाकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण