सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपानिकट प्रेस मञ्चको सङ्घीय समिति पुनर्गठन

आइतबार, ०६ फागुन २०८०, ०८ : १५
आइतबार, ०६ फागुन २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट प्रेस मञ्च, नेपाल सङ्घीय समिति पुनर्गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको सङ्घीय समितिको बैठकबाट कमन देवानको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

त्यस्तै बैठकबाट आसन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबारे आवश्यक समन्वय र तयारीका लागि सङ्गठनका अध्यक्ष कमन देवानको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ ।

साथै पछिल्ला दिनहरुमा सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत उपलब्धि उल्ट्याउने दुष्प्रयासहरू विरुद्ध सङ्गठनले बलियो कलमी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सङ्गठनले नेपाल पत्रकार महासङ्घको संस्थापक र नेपालमा पत्रकारहरूलाई सङ्गठित गर्ने समय र व्यक्तिका बारेमा निक्कै बिरोधाभाषपूर्ण अवस्था रहेकोले इतिहासको गहन अध्ययन, अनुसन्धान गर्न जोडदार माग गरेको छ ।

बैठकले अशोक दत्त, लक्ष्मण यादव, दिनेश दङ्गाल र बृजमान तामाङलाई केन्द्रीय समितिमा मनोनयन गरिएको छ । बैठकमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप