बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ युवाको प्रहरीको गोलीबाट हत्या भएको विषयमा छानबिन समितिले आफूलाई अध्ययन प्रतिवेदन बुझाएको बताएका छन् ।
सो प्रतिवेदन आफूले अध्ययन गरिनसकेको बताउँदै उनले अध्ययनपछि आवश्यक कारबाही गर्ने बताए ।
उनले भने– ‘बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएर तत्काल त्यसमा संलग्नहरूलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाख दिएर मात्र सरकार बसेको छैन, मेरै प्रस्तावमा छानबिन समिति बनाएको हो । छानबिन समितिले बनाएको प्रतिवेदन गृह मन्त्रालयबाट भर्खर मेरो हातमा परेको छ, त्यसलाई मैले हेर्न पाएको छैन, त्यसको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म विश्वास दिलाउन चाहन्छु । सरकारले १० लाख दिएर चुप लागेर बस्यो भन्नु ठिक होइन ।’
प्रचण्डले रोजगारीको निम्ति विदेश जान आएका दुई युवाको हत्यालाई गम्भीर रूपले लिएर उनका परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको जानकारी गराए । संसदमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण