बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टीमा डुबेर बालिकाको मृत्यु

आइतबार, ०६ फागुन २०८०, १२ : ४३
आइतबार, ०६ फागुन २०८०

कैलाली । बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी १ वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो । 

सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप