मन्त्री निवास वरपरका स्थानीयको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छ: सांसद कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छिन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीयले सो मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन् ।
स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाई थियो । उनले काठमाडौँ–तराई फास्ट ट्याक र सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि सो बाटो धेरै साँघुरो हुने भएकाले पनि सरकारले त्यसलाई फराकिलो हुने गरी बनाउनुपर्ने बताइन् ।
सांसद कार्कीले सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण