मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

तस्बिरमा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला

आइतबार, ०६ फागुन २०८०, १३ : ५८
आइतबार, ०६ फागुन २०८०

हेटौँडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौँडामा सुरु भएको छ । संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको छ ।  फागुन ८ गतेसम्म चल्ने भेलामा ११ सेसनमा विभिन्न कार्यक्रम हुनेछन् । भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा संवाद हुने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।

स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संघले हेटौँडाको पल्पसा प्याराडाइज होममा कार्यक्रमको आयोजना गरेको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरू गरिने उनको भनाई छ ।

chalachitra-patrakar (2)

भेलामा चलचित्र पत्रकारितामा क्रियाशील १०० बढी पत्रकार, चलचित्र निर्माता, निर्देशक, चलचित्रकर्मीहरूको उपस्थिति रहेको छ । स्थानीय ठाउँहरूलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए । 

कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र  चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुने चलचित्र पत्रकार संघ मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए । फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ । 

chalachitra-patrakar (3)

प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौँडाका पत्रकारका लागि पत्रकार आचारसंहितामाथि छलफल गरिने अध्यक्ष खड्काले बताए । उनका अनुसार विज्ञापन बोर्डले अनलाइन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ भने फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोसन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयहरूमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । 

chalachitra-patrakar (4)

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्रप्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरूको उपस्थिति कार्यक्रममा रहनेछ । 

chalachitra-patrakar (6)

यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरञ्जीवी पौडेल, मोहन निरौला, राजु केसी, नबल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रहनेछ ।

chalachitra-patrakar (7)chalachitra-patrakar (8)chalachitra-patrakar (9)chalachitra-patrakar (10)chalachitra-patrakar (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप