साँखुको शालीनदी र बज्रयोगिनीमा राष्ट्रपति पौडेलको डेढ घण्टा (फोटोफिचर)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साँखुको ऐतिहासिक धार्मिक स्थल शाली नदी र बज्रयोगिनी मन्दिरमा दर्शन गरेका छन् । आइतबार बिहान ९ बजे साँखु पुगेका पौडेलले शाली नदीमा श्री स्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका छन् । यस्तै साँखु बजारबाट झन्डै डेढ किलोमिटर माथि रहेको बज्रयोगिनी मन्दिरमा गएर पनि पूजा गरेका छन् ।
_zIN9iXOiYo.jpg)
पौडेललाई काठमाडौँ क्षेत्र नम्बर २ का सांसदहरू प्रतिमा गौतम, सोविता गौतम, प्रदेशसभा सदस्य सुना परियार, शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेललाई शंखरापुर नगरप्रमुख रमेश नापितले शाली नदी, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्वका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए । साथै भूकम्पपछि क्षति भएको बज्रयोगिनी मन्दिरको पुनर्निर्माणमा भएको ढिलाइबारे पनि जानकारी गराए ।
_nDLc8DPwwu.jpg)
राष्ट्रपति पौडेलले साँखुको, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्त्व, सो क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरूको बारेमा आफू परिचित रहेको बताएको सांसद प्रतिमा गौतमले रातोपाटीलाई जानकारी दिइन ।
राष्ट्रपति पौडेललाई शाली नदीमा मेयर नापितले सम्मान गरे भने बज्रयोगिनी मन्दिरमा वडाध्यक्ष पोते थिङले सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले साँखुका धार्मिक क्षेत्रमा झन्डै डेढ घण्टा बिताएका छन् । साँखु शाली नदी मेलामा जाने पौडेल पहिलो राष्ट्रप्रमुख हुन ।
फोटो स्रोत : सांसद प्रतिमा गौतम
_DpGHgt0voG.jpg)
_ktvnGgT0ln.jpg)
_PsliqTHvTS.jpg)
_AgoXGkFJAx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण