सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

साँखुको शालीनदी र बज्रयोगिनीमा राष्ट्रपति पौडेलको डेढ घण्टा (फोटोफिचर)

आइतबार, ०६ फागुन २०८०, १४ : ०४
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साँखुको ऐतिहासिक धार्मिक स्थल शाली नदी र बज्रयोगिनी मन्दिरमा दर्शन गरेका छन् । आइतबार बिहान ९ बजे साँखु पुगेका पौडेलले शाली नदीमा श्री स्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका छन् । यस्तै साँखु बजारबाट झन्डै डेढ किलोमिटर माथि रहेको बज्रयोगिनी मन्दिरमा गएर पनि पूजा गरेका छन् ।

ramchandra-salinadi (1)

पौडेललाई काठमाडौँ क्षेत्र नम्बर २ का सांसदहरू प्रतिमा गौतम, सोविता गौतम, प्रदेशसभा सदस्य सुना परियार, शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले स्वागत गरेका छन् ।

राष्ट्रपति पौडेललाई शंखरापुर नगरप्रमुख रमेश नापितले शाली नदी, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्वका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए । साथै भूकम्पपछि क्षति भएको बज्रयोगिनी मन्दिरको पुनर्निर्माणमा भएको ढिलाइबारे पनि जानकारी गराए । 

ramchandra-salinadi (2)

राष्ट्रपति पौडेलले साँखुको, बज्रयोगिनी मन्दिरको धार्मिक, ऐतिहासिक महत्त्व, सो क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरूको बारेमा आफू परिचित रहेको बताएको सांसद प्रतिमा गौतमले रातोपाटीलाई जानकारी दिइन । 

राष्ट्रपति पौडेललाई शाली नदीमा मेयर नापितले सम्मान गरे भने बज्रयोगिनी मन्दिरमा वडाध्यक्ष पोते थिङले सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले साँखुका धार्मिक क्षेत्रमा झन्डै डेढ घण्टा बिताएका छन् । साँखु शाली नदी मेलामा जाने पौडेल पहिलो राष्ट्रप्रमुख हुन ।

फोटो स्रोत : सांसद प्रतिमा गौतम

ramchandra-salinadi (3)ramchandra-salinadi (4)ramchandra-salinadi (5)ramchandra-salinadi (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप