आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थगित मधेस प्रदेशसभा बैठक सुरु

आइतबार, ०६ फागुन २०८०, १६ : ३८
आइतबार, ०६ फागुन २०८०

धनुषाा। १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेश सभाको बैठक पुनः सुरु भएको छ । बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा प्रदेश सभामा सांसदहरूले छलफल गरिरहेका छन् ।

यसअघि पहिलो बैठकमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९ माघमा कृषि विश्वविद्यालयको शिलान्यासमा क्याबिनेट मन्त्रीमाथि हमला भएको  भन्दै त्यसको जवाफ मागेका थिए । जवाफ नपाए जनमत पार्टीले सदन चल्न नदिने बताएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले १० मिनेट सदन स्थगन भएको जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप