भारत ४३४ रनको विशाल अन्तरले विजयी, सिरिजमा अग्रता
राजकोट । राजकोटमा जारी तेस्रो टेष्टमा भारतले इंग्ल्याण्डलाई ४३४ रनले पराजित गरेको छ । खेलको चौथो दिन भारतले ४ विकेट गुमाएर ४३० रन बनाएर इनिङ्स घोषणा गर्दै इंग्ल्याण्डलाई ५५७ रनको लक्ष्य दिएको थियो । चौथो दिन मात्रै १२२ रन बनाएर इङ्ल्यान्डको सम्पूर्ण टोली आउट भयो ।
भारतले पहिलो इनिङ्समा कप्तान रोहित शर्मा र रविन्द्र जडेजाको शतकको मद्दतले ४ सय ४५ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा ३१९ रन बनाएको थियो । दोस्रो इनिङ्समा भारतका लागि युवा ब्याट्सम्यान यशस्वी जैसवालले उत्कृष्ट दोहोरो शतक प्रहार गरे भने शुभमन गिल ९१ रन बनाएर रनआउट भए । करियरको पहिलो खेल खेलिरहेका सरफराज खानले दोस्रो इनिङ्समा अविजित ६८ रन बनाएका थिए ।
५५७ रनको विशाल स्कोरको लक्ष्य पछ्याएको इंग्ल्याण्डको इनिङ्स सुरुमै अलपत्र परेको थियो । ५० रनमा मात्रै इंग्ल्याण्डको सात विकेट खसेको थियो । इंग्ल्याण्डका कुनै पनि ब्याट्सम्यान विकेटमा टिकेर खेल्न सकेनन् । भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए भने कुलदीप यादवले २ तथा जसप्रित बुमराह र अश्विनले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण