उपकुलपति नियुक्ति प्रक्रिया
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस
आइतबार, ०६ फागुन २०८०, २० : ५३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।
उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको सिफारिस समितिकी सदस्य चन्द्रकला घिमिरेले जानकारी दिइन् । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।
तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण