शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपकुलपति नियुक्ति प्रक्रिया

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस

आइतबार, ०६ फागुन २०८०, २० : ५३
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले  केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो । 

उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको सिफारिस समितिकी सदस्य चन्द्रकला घिमिरेले जानकारी दिइन् । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।

तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप