अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न ट्रम्प र हेलीको प्रतिस्पर्धा जारी
सोमबार, ०७ फागुन २०८०, ०७ : ४०
काठमाडौँ । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ ।
ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझै चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहौल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् ।
एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्व राष्ट्रपति ट्रम्प पुटिनको पक्षमा रहेको बताइन् ।
गत साता साउथ क्यारोलिनामा ट्रम्पले अमेरिकी जनतालाई पुटिन हाम्रो साथी र राम्रो मान्छे होइनन् भन्ने कुरा सम्झाउन चाहन्छौँ भनेका थिए । यो भनाई प्रति हेलीले कडा टिप्पणी गर्दै ट्रम्पको अभिव्यक्तिले पुटिनलाई थप शक्तिशाली बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण