पाकिस्तानमा २ जना आतङ्ककारीको निधन
सोमबार, ०७ फागुन २०८०, १९ : १४
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जवाफी कारबाहीमा २ जना आतङ्ककारी मारिएका छन् ।
आतङ्कवादीहरूले उक्त प्रान्तको ट्याङ्कस्थित मतदान केन्द्रमा गोली चलाउँदा राष्ट्रिय सभा निर्वाचनको पुनः मतदान भइरहेको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।
गोली प्रहार भएपछि मतदान केन्द्रमा तैनाथ प्रहरीहरूले तुरुन्तै जवाफी कारबाही गर्दा आक्रमणकारीलाई मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
आक्रमणपछि मतदान प्रक्रिया केही समयका लागि रोकिएको थियो ।
फेब्रुअरी ८ मा भएको निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण