आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा २ जना आतङ्ककारीको निधन

सोमबार, ०७ फागुन २०८०, १९ : १४
सोमबार, ०७ फागुन २०८०

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जवाफी कारबाहीमा २ जना आतङ्ककारी मारिएका छन् ।

आतङ्कवादीहरूले उक्त प्रान्तको ट्याङ्कस्थित मतदान केन्द्रमा गोली चलाउँदा राष्ट्रिय सभा निर्वाचनको पुनः मतदान भइरहेको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

गोली प्रहार भएपछि मतदान केन्द्रमा तैनाथ प्रहरीहरूले तुरुन्तै जवाफी कारबाही गर्दा आक्रमणकारीलाई मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

आक्रमणपछि मतदान प्रक्रिया केही समयका लागि रोकिएको थियो ।

फेब्रुअरी ८ मा भएको निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । - (रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप