नवलपुरमा पाँच गिद्ध मृत फेला
सोमबार, ०७ फागुन २०८०, २१ : ०७
नवलपरासी । नवलपरासी बर्दघाट (सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन् । चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन् ।
जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ ।
खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मङ्गलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण