क्यान्सरविरुद्ध लाल्टिनको उज्यालो
रुपन्देही । सिध्दार्थ गौतम बुद्धको मावलीस्थल देवदह नगरीमा आयोजित आठौँ औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको प्राङ्गणमा ‘क्यान्सरको कालो विरुद्ध उज्यालो’ लेखिएको ब्यानरमा केही युवा पुस्तक विक्री गरिरहेका देखिन्छन् ।
सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता” भन्ने मूल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह महोत्सवमा “सपनाका लहरहरू-२” कृति विक्री अभियान सञ्चालन गरेको हो ।
काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेको र क्यान्सरसँग लड़िरहदा अस्पतालको बेडबाटै उनले लेखेको पुस्तक सपनाका लहरहरू-२ प्रकाशित भएको थाहा पाएपछि कवि न्यौपानेलाई सानो नै भएपनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले पुस्तक विक्री अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले बताए ।
शुक्रबारदेखि सुरू गरिएको अभियानमा १२० भन्दा बढि पुस्तक विक्री भएको र पुस्तक विक्री गरि सबै रकम कवि न्यौपानेको उपचारको लागि पठाईने अध्यक्ष भट्टराईले जानकारी दिए।
प्रतिष्ठानका संस्थापकअध्यक्ष स्वतन्त्र नेपालले जीवनको कठिनभन्दा कठिन समयमा पनि एउटा कविले कसरी आफुलाई सम्हाल्छ र सपनाहरू बुनिरहन्छ भन्ने उदाहरण कवि न्यौपाने रहेको र उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हुने बताए।
पुस्तकको मूल्य ५०० रहेको र ईसेवाबाट भुक्तानी गरेको अवस्थामा पनि प्रतिष्ठानका सदस्यले पुस्तक हातमा पुर्याईदिने अभियानले जनाएको छ ।
२०७३ सालमा स्थापना भएको उज्यालो लालटिन प्रतिष्ठानले रुपन्देही जिल्लाको देवदहमा एम्बुलेन्स सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय गराउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण