मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरविरुद्ध लाल्टिनको उज्यालो

मङ्गलबार, ०८ फागुन २०८०, ०६ : २२
मङ्गलबार, ०८ फागुन २०८०

रुपन्देही । सिध्दार्थ गौतम बुद्धको मावलीस्थल देवदह नगरीमा आयोजित आठौँ औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको प्राङ्गणमा ‘क्यान्सरको कालो विरुद्ध उज्यालो’ लेखिएको ब्यानरमा केही युवा पुस्तक विक्री गरिरहेका देखिन्छन् ।

सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता” भन्ने मूल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह महोत्सवमा “सपनाका लहरहरू-२” कृति विक्री अभियान सञ्चालन गरेको हो ।

काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेको र क्यान्सरसँग लड़िरहदा अस्पतालको बेडबाटै उनले लेखेको पुस्तक सपनाका लहरहरू-२ प्रकाशित भएको थाहा पाएपछि कवि न्यौपानेलाई सानो नै भएपनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले पुस्तक विक्री अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले बताए ।

शुक्रबारदेखि सुरू गरिएको अभियानमा १२० भन्दा बढि पुस्तक विक्री भएको र  पुस्तक विक्री गरि सबै रकम कवि न्यौपानेको उपचारको लागि पठाईने अध्यक्ष भट्टराईले जानकारी दिए।

प्रतिष्ठानका संस्थापकअध्यक्ष स्वतन्त्र नेपालले जीवनको कठिनभन्दा कठिन समयमा पनि एउटा कविले कसरी आफुलाई सम्हाल्छ र सपनाहरू बुनिरहन्छ भन्ने उदाहरण कवि न्यौपाने रहेको र उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हुने बताए।

पुस्तकको मूल्य ५०० रहेको र ईसेवाबाट भुक्तानी गरेको अवस्थामा पनि प्रतिष्ठानका सदस्यले पुस्तक हातमा पुर्याईदिने अभियानले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको उज्यालो लालटिन प्रतिष्ठानले रुपन्देही जिल्लाको देवदहमा एम्बुलेन्स सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय गराउदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप