सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

मङ्गलबार, ०८ फागुन २०८०, १२ : ०५
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक  सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो । 

केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । 

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका छन् । 

kp olikp oli2kp oli3yamale cc2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप