काभ्रेमा १३ गतेबाट खोप अभियान संचालन गरिने
काभ्रे । काभ्रेमा आगामी फागुन १३ गतेबाट एकीकृत खोप अभियान संचालन गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काभ्रेले फाल्गुन १३ गतेबाट एकिकृत खोप अभियान संचालन गर्ने भएको हो ।
फागुन १९ गतेसम्म संचालन हुने खोप अभियान अन्तर्गत काभ्रेका ९ महिनादेखि ५ वर्षसम्मका २३ हजार ९५८ बालबालिकालाइ दादुरा रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनालले जानकारी दिइन् ।
उनले दादुरा रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानसंगै नियमित खोप लगाउन छुट भएकाहरुलाई खोप लगाइने खनालले बताइन् । खोप समन्वय समितिकी सदस्य सचिव समेत रहेकी खनालले काभ्रेमा २ चरणमा अभियान संचालन गरिने छ । उनका अनुसार खोप अभियानमा काभ्रेका १३ मधइे ११ वटा स्थानीय तहमा पहिलो चरणमा र २ वटा स्थानीय तहमा दोस्रो चरणमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खानीखोला र महाभारत गाउँपालिकामा दोस्रो चरणमा खोप अभियान संचालन हुनेछ भने अन्य सबै स्थानीय तहमा पहिलो चरणमा नै खोप लगाइने छ ।
खोप लगाएपछि व्यक्तिमा हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि ५ जना मेडिकल अधिकृतसहितको टोली तयार रहेको खनालले बताइन् । स्वास्थ्य कार्यालय काभ्रेका खोप फोकल पर्सन पदमराज कैनीका अनुसार, अभियान अन्तर्गत ३९३ खोप केन्द्रमा ३९३ खोपकर्ता र ७८६ स्वंयमसेवक परिचालन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण