शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा १३ गतेबाट खोप अभियान संचालन गरिने

बुधबार, ०९ फागुन २०८०, १६ : ०३
बुधबार, ०९ फागुन २०८०

काभ्रे । काभ्रेमा आगामी फागुन १३ गतेबाट एकीकृत खोप अभियान संचालन गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काभ्रेले फाल्गुन १३ गतेबाट एकिकृत खोप अभियान संचालन गर्ने भएको हो ।

फागुन १९ गतेसम्म संचालन हुने खोप अभियान अन्तर्गत काभ्रेका ९ महिनादेखि ५ वर्षसम्मका २३ हजार ९५८ बालबालिकालाइ दादुरा रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनालले जानकारी दिइन् ।

उनले दादुरा रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानसंगै नियमित खोप लगाउन छुट भएकाहरुलाई खोप लगाइने खनालले बताइन् । खोप समन्वय समितिकी सदस्य सचिव समेत रहेकी खनालले काभ्रेमा २ चरणमा अभियान संचालन गरिने छ । उनका अनुसार खोप अभियानमा काभ्रेका १३ मधइे ११ वटा स्थानीय तहमा पहिलो चरणमा र २ वटा स्थानीय तहमा दोस्रो चरणमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खानीखोला र महाभारत गाउँपालिकामा दोस्रो चरणमा खोप अभियान संचालन हुनेछ भने अन्य सबै स्थानीय तहमा पहिलो चरणमा नै खोप लगाइने छ ।

खोप लगाएपछि व्यक्तिमा हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि ५ जना मेडिकल अधिकृतसहितको टोली तयार रहेको खनालले बताइन् । स्वास्थ्य कार्यालय काभ्रेका खोप फोकल पर्सन पदमराज कैनीका अनुसार, अभियान अन्तर्गत ३९३ खोप केन्द्रमा ३९३ खोपकर्ता र ७८६ स्वंयमसेवक परिचालन गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप